आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महेन्द्रनगर नगरविकासको ६ सय बिगाह जमिन माफियाको कब्जामा !

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ४१६ पाठक संख्या

कञ्चनपुर , माघ १५ : महेन्द्रनगर नगरविकास समितिको जमिनमा भुमाफियाको रवैया चलेको खुलेको छ । नगरविकासको करिब ६ सय बिगाह जमिनमा माफियाको मनपरीले कौडीको भाउमा भाडामा लगाइएको पाइएको हो । २०५१/०५२ सालतिर भाडामा दिइएको जग्गामा हालसम्म अर्बौ राजश्व उठ्नुपर्ने थियो तर, माफियाको एकतन्त्रे हैकमले नगरविकासको सुन फल्ने जग्गा अलपत्र छ । कति राजश्व उठेको छ, भाडामा दिइएको दर अहिलेको युग सुहाउँदो छ छैन सबै अनविज्ञ जस्तै बनेका छन् ।

जग्गामा व्यापार व्यवसाय गर्दै आएका व्यावसायीले पनि लामो समयसम्म भाडा नतिरेको पाइएको छ । कतिपयले सिमित समयका लागि तोकादेशका भरमा लिएको जग्गा भाडा म्याद सकिँदा समेत छाडेका छैनन् । अहिले उल्टै महेन्द्रनगर बजारको स्वरुप नै बदल्ने गरी छाप्राछाप्री निर्माणको तयारी भएको छ । तत्कालिन समितिले मनपरी ढंगले तोकादेशका भरमा व्यवसायीलाई जग्गा भाडामा दिएका थिए ।

जग्गा भाडामा दिनका लागि टेन्डरको प्रक्रिया पुरा नगरेको पाइएको छ । तत्कालिन कार्यसमितिले करिब ६ सय ८० बिगाह जग्गालाई कवाडी बनाएका छन् । जग्गाको महत्वलाई नबुझी माफिया शैलीमा हडपिएको जमिनको आयस्रोतको हिसाब किताब हुनुपर्ने भन्दै विभिन्न पार्टीका भातृसंगठन आन्दोलनमा उत्रिएका छन् ।

महेन्द्रनगर बजार र आसपासका क्षेत्रहरुमा संयुक्त युवा बिद्यार्थीहरुले गरेको अनिश्चितकालिन आम हड्तालका कारण जनजीवन प्रभावित बनेको छ । महेन्द्रनगर नगर विकास समितिले बजार क्षेत्रमा मापदण्ड विपरित जग्गा ‘लिज’मा दिएको र भुमाफियाहरुले यसको दुरुपयोग गर्दै बजारको सौन्दर्यता बिगारेको भन्दै ‘लिज’ प्रकरण खारेजीको माग गर्दै युवा र विद्यार्थीहरुले आन्दोलन थालेका हुन् ।

नेकपा र नेपाली कांग्रेसलगायतका पार्टीका बिद्यार्थी संगठन र युवा संगठनहरुले आन्दोलनको अगुवाइ गरेका छन् । महेन्द्रनगर बजार क्षेत्रमा बनिरहेका यस्ता अबैध संरचनाहरु भत्काउनुपर्ने बिद्यार्थी र युवा संगठनहरुको माग रहेको छ ।

बन्दका कारण विद्यालय, क्याम्पस, बजार व्यावसाय र कलकारखाना बन्द रहेका छन् । महेन्द्रनगरबाट बाहिर जाने र भित्र आउने सबै प्रकारका यातायातका साधनहरु चल्न सकेका छैनन् । यातायातका साधन नचलेपछि भारतबाट विभिन्न जिल्ला जाने यात्रुहरु बसपार्कमा अलपत्र परेका छन् । युवा बिद्यार्थीहरुले भने अबैध बनेका संरचनाहरु नभत्केसम्म आफनो आन्दोलन नरोकिने बताएका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस