आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्वमन्त्री नै शहीदको सूचीमा !

AuthorAP Khabar२०७५ माघ १६, बुधबार (५ साल अघि) ४३१ पाठक संख्या

काठमाडौं , माघ १६ : आज शहीद दिवस, विभिन्न आन्दोलनका शहीदहरुको सम्झना गरिँदैछ । राणा शासन विरोधी संघर्षदेखि गणतन्त्र ल्याउनको लागि भएकाे आन्दोलनमा जीवन गुमाएकाहरुको तस्बिरमा माल्यार्पण तथा सम्झना गरिएको छ ।

सरकारले विभिन्न पटक गरेर शहीदको सूची थप्दै गएको छ । सूची थपिरहँदा एक पूर्वमन्त्रीको तस्बिर पनि शहीदको सूचीमा परेको छ ।

विद्यार्थी प्रकाशन प्रालिले प्रकाशन र वितरण गरेको कक्षा ३ को ‘मास्टरमाईन्ड जेनरल नलेज एन्ड आईक्यु टेस्ट’ सामान्य ज्ञान पुस्तकको पृष्ठ ११ मा शहीदको सूचीमा पूर्वमन्त्री यज्ञबहादुर थापाको तस्बिर राखेको छ ।

प्रकाशनले शहीद क्याप्टेन यज्ञबहादुर थापा भनेर भूलवश पूर्वमन्त्री थापाको तस्बिर राखेको हो ।  थापा शेरबहादुर देउवा नेतृत्व सरकारमा कानुन तथा संसदीय मामिला मन्त्री हुनुभएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस