आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढ्यो

AuthorAP Khabar२०७५ माघ १६, बुधबार (५ साल अघि) ९३१ पाठक संख्या

काठमाण्डाै , माघ १६ :  सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको छ । सुन बुधबार तोलाको ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा एक सय रुपैयाँ बढेर ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको तथा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएकाले नेपाली बजारमा सुन महंगो भएको हो । यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस