आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकै परिवारका दाजु र भाइसँग प्रेम सम्बन्धमा थिए सारा र जान्हवी

AuthorAP Khabar२०७५ माघ १६, बुधबार (५ साल अघि) ५०७ पाठक संख्या

माघ १६ : बलिउड फिल्म उद्योगमा यतिबेला नयाँ कलाकारहरुको बोलबाला चलिरहेको छ । अभिनेत्री सारा अली खानका दुईवटा फिल्म मात्रै रिलिज भएका छन् । तर बलिउडमा उनका प्रशंशकहरुको संख्या दिन प्रतिदिन बढ्दै गैरहेको छ ।

यस्तै फिल्म ‘धडक’ बाट डेब्यू गरेकी अभिनेत्री जान्हवी कपूर यतिबेला फिल्म ‘तख्त’ र गुञ्जन सक्सेनाको बायोपिक मार्फत दर्शकमाझ आउने तयारी गरिरहेकी छिन् ।

बलिउड फिल्म उद्योगमा सारा अली खान र जान्हवी कपूरलाई एकअर्कासँग तुलना गर्दै कयौँ समाचारहरु आउने गरेका छन् । यसैबीच एउटा यस्तो खबर सार्वजनिक भएको छ, सारा र जान्हवी कुनै समय एकै परिवारका दाजु र भाइसँग प्रेम सम्बन्धमा थिए । सारा अली खान भारतीय कांग्रेस पार्टीका नेताका नाती वीर पहाडियाको प्रेममा थिइन् भने अभिनेत्री जान्हवी कपूर वीरका भाई शिखर पहाडियालाई डेट गरिरहेकी थिइन् ।

सारा अली खान आफैँले एक कार्यक्रममा आफू एक समयमा प्रेम सम्बन्धमा रहेको कुरा बताएकी थिइन् । साराले आफूले डेट गरिरहेका व्यक्ति कांग्रेसका नेता एवम् पूर्व केन्दीय गृहमन्त्री सुशील कुमार शिन्देका नाती वीर पहाडिया रहेको बताएकी थिइन् ।

साराका बुवा एवम् अभिनेता सैफ अली खानलेसमेत ‘कफी वीद करण’ मा साराको प्रेमीसँग भेट गरिसेकको पनि गरेको बताएका थिए । सैफले आफू एकदमै खुला विचार भएको पिता र आफ्ना छोराछोरीसँग साथीको जस्तै व्यवहार गर्ने गरेको बताएका थिए । सारा र वीरको प्रेम सम्बन्ध सन् २०१६ मा सुरु भएको थियो तर यो सम्बन्ध धेरै लामो समयसम्म टिक्न सकेन । अहिले भने सारा अली खानले आफू सिंगल नै रहेको बताउँदै आइरहेकी छिन् ।

अभिनेत्री श्रीदेवी र बोनी कपूरकी छोरी जान्हवी कपूर र वीर पहाडियाका भाइ शेखर पहाडिया बिचको प्रेम सम्बन्ध पनि चर्चामा आएको थियो । तर जान्हवी र शिखरबीचको सम्बन्धदेखि जान्हवीकी आमा श्रीदेवी भने खुसी थिइनन् ।

तसर्थ उनले जान्हवीलाई शिखरसँगको सम्बन्ध बिर्सीएर आफ्नो ध्यान करियरतर्फ दिन सल्लाह दिएकी थिइन् । जान्हवी र शिखरबीचको सम्बन्ध सन् २०१६ मा निकै चर्चामा आएको थियो । खासमा एक पार्टीमा लिइएको जान्हवी र शिखरको तस्बिर सामाजिक संजालमा भाइरल नै भएको थियो ।

त्यसबेलादेखि नै जान्हवी शिखरदेखि टाढिएकी थिइन् । जान्हवी कपूर यतिबेला आफ्नो प्रेम सम्बन्धलाई भन्दा बलिउड करियरलाई लिएर निकै सिरीयस छिन् । तर शिखरसँग पनि उनको साथीको सम्बन्ध भने कायम नै छ । शिखरले जान्हवीको डेब्यू फिल्म ‘धडक’ रिलिज भएपछि सामाजिक संजालमार्फत जान्हवीको प्रशंशा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस