आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुईदिने पशु उपचार तथा ब्यवस्थापन तालिम सम्पन्न

AuthorAP Khabar२०७५ माघ १९, शनिबार (५ साल अघि) ३७५ पाठक संख्या

AP संवादाता

मनहर्वा, माघ १९ : जीतपुरसिमरा उपमहानगरपालिका˗१८, स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाद्वारा आयोजित दुईदिने पशु उपचार तथा ब्यवस्थापन तालिम सम्पन्न भएको छ । 

शुक्रवार र शनिबारका लागि संस्थाले कलैया उपमहानरपालिका १६ को मझौलिया स्थीत वडाकार्यालयको सभाकक्षमा आयोजना गरेको तालिमको सुक्रबार विहान सोही वडाका सचिव नरोत्तम् अधिकारीले उद्घाटन गरेका थिए ।

४५ जना स्थानिय पशुपालक किसानहरुको सभागिता रहेको तालिममा पशु प्राविधिक निर्मल कुमार यादव , मेनुका खनाल र संस्थाका मुकुन्दराज यादवले सहजिकरण गरेका थिए । 

सहभागिहरुलाई दुधालु गाई भैंसिको छनौट गर्ने तरिका ,पशुपालनमा ब्यवस्थीत गोठ र आहारको महत्व, गाईभैंसिमा लाग्ने मुख्य रोग र रोकथामका उपाय, पशु पालनमा विमाको भुमिका लगायतका विषयमा सहजिकरण गरिएको सहजकर्ता यादवले बताए ।

तालिमको समापन साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी उपाध्याक्ष फूलकुमारी बस्नेतले गर्नु भएको हो । तालिम समापन कार्यक्रममा संस्थाकी संचालक नेमनी चौधरी,सुभद देवी कनुईन, स्थानिय श्रीभगवान साह,प्रेम महरा लगायतको सहभागिता रहेको थियो ।

संस्थाले कृषि कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सहकारीमा आवद्ध सदस्यहरुलाई पशुपालनमा ९ प्रतिशत तथा तरकारी खेतीसँगै कृषिसँग जोडिएका काम गर्ने सदस्यहरुलाई सुलभ ब्याजमा कर्जा प्रदान गर्दै आएको उपाध्यक्ष बस्नेतले जानकारी दिईन् । 

तालिम साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड ईलाका कार्यालय हेटौंडाको आर्थीक सहयोगमा संचालन गरिएको हो ।

यस अघि तालिम उद्घाटनसत्रमा बोल्दै सचिव अधिकारीले सहकारी अभियानले ग्रामिण क्षेत्रका जनतालाई ब्यवसायिक बन्न प्रेरित गरिरहेको बताए । 

ब्यवासायिक रुपमा पशुपालनसँगै कृषि गर्न सके मनग्य आम्दानी लिन सकिने उनको भनाई थियो । तालिम उद्घाटन कार्यक्रममा स्थानिय समाजसेवीहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस