आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेविसङ्घ अध्यक्ष महरसहित सात विद्यार्थी नेता काठमाडौँबाट पक्राउ

AuthorAP Khabar२०७५ माघ २२, मंगलबार (५ साल अघि) ३५७ पाठक संख्या

एपी खवर – माघ, २२-

नेपाल प्रहरीले नेपाल विद्यार्थी सङ्घका अध्यक्ष महरसहित अरु सात विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पोखरामा गाडी चलाएको विरोधमा पक्राउ परेका नेविसङ्घका नेतालाई रिहाइ गर्न माग गर्दै आज काठमाडौँमा प्रदर्शन गर्दा प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसङ्घका उपाध्यक्ष नवीन राई, नेविसङ्घ नेता डम्बर सुनार, सञ्जिव खड्का, सागर पाण्डे, सञ्जीव ढकाल र शङ्कर खड्का रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले विद्यार्थीले निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकालाई पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस