आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नवजान पत्रकारिता पुरस्कार र चन्द्रप्रसाद खनाल पुरस्कार ठाकुर र मेहतालाई

AuthorAP Khabar२०७५ माघ २३, बुधबार (५ साल अघि) ५३७ पाठक संख्या

कलैया, माघ २३ : बारा जिल्लाको सबैभन्दा पुरानो र पहिलो कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान कृयाशिल पत्रकारिता पुरस्कारबाट यो बर्ष बारामा करिब दुई दशक देखि पत्रकारिता क्षेत्रमा सकृय कान्तिपुर टिभीका प्रतिनिधि उपेन्द्र ठाकुरलाई प्रदान गरिने भएको छ ।

गएराति बाराको पथलैयामा सम्पन्न भएको कृपा दैनिक प्रकाशन समूहले स्थापना गरेको पुरस्कार छनौट समितिको बैठकले रु.३० हजार राशी रहेको उक्त पुरस्कार ठाकुरलाइ प्रदान गर्ने निर्णय गरेको हो । 

यसरी नै कृपा दैनिक पत्रिकाले नै स्थापना गरेको  स्वर्गीय चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार बाराकै सिम्रौनगढ क्षेत्रमा कृयाशिल बरिष्ठ पत्रकार रामेश्वर महेतालाई प्रदान गर्ने निर्णय भएको पुरस्कार छनौट समितिकी संयोजक सबिता चालिसे(उपाध्याय)ले जानकारी दिनुभयो । 

यो पुरस्कारको राशी भने रु.पाँच हजार रहेको छ ।कृपा दैनिक पत्रिकाका प्रधानसम्पादक नवराज उपाध्यायकी धर्मपत्नी जानकीदेवी उपाध्यायको नाउँमा कृपा दैनिकले २०७२ सालमा नवजान कृयाशिल पत्रकारिता पुरस्कार स्थापना गरेको हो । 

यो पुरस्कारबाट हालसम्म बाराका पत्रकारहरु लक्ष्मी साह, घोकुल घोरसाइनेले प्राप्त गरिसक्नु भएको छ । त्यसरी नै पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनालका पिता चन्द्र प्रसाद खनालको नाउँबाट २०६८ सालमा स्थापना गरिएको स्वर्गीय चन्द्रप्रसाद खनाल स्मृति कृयाशिल पत्रकारिता पुरस्कारबाट हालसम्म लक्ष्मी साह, गम्भीरा सहनी, बिजयी भण्डारी, बिदुर खड्का, सत्यप्रकाश श्रेष्ठ पुरस्कृत भइसकनु भएको छ ।

यसैबीच कृपा दैनिक पत्रिकाले बाराका बरिष्ठ पत्रकार सत्य प्रकाश श्रेष्ठकी धर्मपत्नी मायाँ श्रेष्ठ असाध्य रोगबाट पीडित हुनु भएकाले उहाँको उपचारका लागि रु. १५ हजार र बाराकै करैया गाउँपालिका वडा नम्बर ८ का दुर्घटनामा परी घाइते भएका बिपन्न परिवारका सदस्य समिर चौधरीलाई पनि आर्थिक सहयोग स्वरुप रु.दश हजार प्रदान गर्ने निर्णय भएको कृपा दैनिक पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनालले जानकारी दिनुभयो । 

यी सबै पुरस्कार र सहयोग कृपा दैनिकले आफ्नो १८ औं बार्षिकोत्सवको अवसरमा यही फागुन ४ गते बाराको कोल्भीमा गर्ने कार्यक्रममा बितरण गरिनेछ । 

पुरस्कारका लागि उचित पत्रकार छनौट गरेको भन्दै कृपा दैनिकका सम्पादक कमल कुमार उपाध्यायले पुरस्कार छनौट समितिका संयोजक सबिता चालिसे(उपाध्याय) र सदस्यहरु गोकुल घोरसाइने र कृष्णउदास खनालप्रति धन्यवाद ब्यक्त गर्नु भएको छ भने काब्य पब्लिकेशनका अध्यक्ष दुष्यन्त चौधरीले कृपा प्रकासन समूहले समाजमा यस्ता रचनात्मक कार्यलाई अगाडि बढाउदै लैजाने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ 

प्रतिक्रिया दिनुहोस