आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडा अध्यक्षको सहकार्यमा पानीको पाईप जडान, स्थानिय खुसी

AuthorAP Khabar२०७५ माघ २४, बिहिबार (५ साल अघि) ७८९ पाठक संख्या

एपी खबर
जीतपुर, माघ २४ : जीतपुरसिमरा उपमहानगरपालिका ६ रामबनमा खानेपानीको धारा विस्तार कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष क्यामुदिन अंसारीको विशेष पहलमा सो काम सम्पन्न भएको हो ।

खानेपानीको समस्या रहेको यस गाँउमा पानीको धारा आउने भएपछि यहाँका स्थानियहरु खुसी भएका छन् । आफ्नै घर छेउमा रहेको छिमेकीकोमा पानीको धारा रहेको र आफुहरु हाते धाराको पानी बाध्य भएको बतबाउदै पानी आउने भएपछि यहाँका स्थानियहरु खुसी भएका हुन् ।

साविक जीतपुर गाविस र सिमरा गाविस दुबै पर्ने रामबनमा सिमरा गाविस अन्तरगतको क्षेत्रमा खानेपानीको पाईप रहेको र जीतपुर गाविसमा पर्ने रामबनको क्षेत्रमा पानीको धारा नरहेको हुदाँ यहाँका स्थानीयहरु चापाकलको पानी खान बाध्य भएका थिए ।

निजी पहलमा रामबनको बाकीँ भागमा पानी ल्याउन सफल भएको बताउदै वडा नम्बर ६ का वडा अध्यक्ष क्यामुदिन अंसारीले अबको केहि दिनमै घर घरमा पानी आउने जानकारी दिनुभएको छ । साथै यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत ब्यक्त गर्नुभएको छ ।

उहाँले केहि समय मै आफ्नो वडाका हरेक घरमा स्वच्छ खाने पानी खाने वातावरण बनाउन नगौल, सिद्धरिटोल लगाएतका स्थानमा पाईप लाईन जडानको काम शुरु गर्ने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस