आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संघियता, गणतन्त्र र समावेसी लोकतन्त्रलाई समाप्त गर्न खेल भईरहेको – उपप्रधानमन्त्री यादव

AuthorAP Khabar२०७५ माघ २५, शुक्रबार (५ साल अघि) ३४१ पाठक संख्या

एपी खबर
जीतपुर, माघ २५ : स्वास्थ्य तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले डब्लु एच ओको अनुसार स्वास्थ्य क्षत्रेमा कम्तीमा १० प्रतिशत बजेट बिनीयोजन गर्नुपर्नेमा मात्र ४ प्रतिशत बजेट विनियोजन भएको प्रति चिन्ता ब्यक्त गर्नुभएको छ । बाारको कलैयामा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश २ को प्रथम अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै देशको स्वास्थ्य क्षेत्रलाई सबल बनाउन लगानी बढाउनु पर्ने कुरामा जोडदिनुभयो ।

उहाँले संघियता, गणतन्त्र र समावेसी लोकतन्त्रलाई समाप्त गर्न खेल समेत भईरहेको बताउनुभएको छ । तर यस खेलको खिलाफ संघिय गणतन्त्रको पक्षमा फेरी लडाई लडने बेला आएको सुमेत जिकीर गर्नुभयो ।

उहाँले प्रधानमन्त्रिले संविधान संसोधन गर्ने सम्झौता गरेको र त्यही आधारमा आफ्नो पार्टि सरकारमा गएको बताउदै संविधान संसोधनबाट नै मधेशी लगाएत सबै सिमान्तकृत वर्गको अधिकार प्राप्त हुने कुराको थाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्धिले संघिय सरकारले प्रदेश सरकारलाई काम गर्न रोक्न नसक्ने बताउनुभएको छ । उहाँले प्रदेश सरकार संघिय सरकारको प्रतिक्षामा नबस्ने जनाउदै संविधानले प्रदेश सराकरलाई दिएको जिमेवारी प्रदेश सरकारले बुझेको र त्यही अनुसार अनुसार काम गर्न जानकारी गराउनुभयो ।

अधिवेशनमा प्रतिनिधि सभा सदस्य रामबाबु यादव, प्रदेश सभा सदस्य पारस साह, उषा यादव लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस