आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भरतपुर विमानस्थलको निरीक्षण, रनवे विस्तार गर्नैपर्ने निश्कर्ष

AuthorAP Khabar२०७५ माघ २५, शुक्रबार (५ साल अघि) ४३८ पाठक संख्या

चितवन, माघ २५ : चितवनको भरतपुर विमानस्थलको आज (शुक्रबार) निरीक्षण गरिएको छ । नेपाल नागरिक उड्यायन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलसहितको तीन जनाको टोलीले विमानस्थलको निरीक्षण गरेको हो ।

विमानस्थलमा जोखिम बढ्दै गएपछि निरीक्षणका लागि टोली आएको थियो । निरीक्षण पश्चात टोलीले विमानस्थलको रनवे विस्तार अति आवश्यक रहेको निश्कर्ष निकालेको भरतपुर नागरिक उड्यान कार्यालयका प्रमुख पवन कुमार गौतमले जानाकारी दिए । उनले यस विषयमा भरतपुर महानगरपालिकासंग पनि छलफल गरि सकेकोले चाडै विस्तारको काम पनि हुने विश्वास व्यक्त गरे । “विमानस्थल विस्तारका लागि हामी मात्र होइन, भरतपुर महानगरपालिका पनि लागि परेको छ, विमानस्थल विस्तारको विकल्प छैन”–प्रमुख गौतमले भने ।

हाल भरतपुर विमानस्थलको रनवे एक हजार २ सय मिटर रहेको छ । तर विमानस्थल वरपर बनाईएका मापदण्ड विपरीतका घरका कारण पुरै रनवे पनि सदुपयोग हुन सकेको छैन् । विमानस्थलको रनवे विस्तार गरी एक हजार ५ समय मिटर बनाएर पुरै प्रयोग गर्न सकिए विमानस्थलको जोखिम कम हुने गौतमले बताए ।

यसो गर्न सके भरतपुर विमानस्थलमा ७२ सिट क्षमताको हवाई जहाज संचालनमा आउन सक्ने विमानस्थलले जनाएको छ । विस्तारको काम हुन सके रात्रीकालिन उडान समेत सक्नेछ । हाल भरतपुरमा ४८ सिट क्षमताका हवाई जहाज मात्रै आउन सकेको छ । भरतपुर विमानस्थलबाट हाल बुद्ध एयर, यति एयर र सिम्रिक एयर उडान भरिरहेका छन् ।

 

नारायणी अनलाईन

प्रतिक्रिया दिनुहोस