आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनतामा निराशा फैलाउन स्वार्थी तत्त्वहरुले प्रयास गरिरहेको प्रधानमन्त्री ओलीको भनाई

AuthorAP Khabar२०७५ माघ २८, सोमबार (५ साल अघि) ३१६ पाठक संख्या

काठमाडौं माघ २८ :  प्रधानमन्त्री केपी ओलीले जनतामा निराशा फैलाउन स्वार्थी तत्त्वहरुले प्रयास गरिरहेको हुँदा त्यसतर्फ सचेत रहन आग्रह गर्नुभएको छ ।

सोमबार गृह मन्त्रालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनताका अपेक्षाअनुसार काम गर्ने आधार तयार भइरहेका बेला जनतालाई निराश बनाउने अनुचित प्रयास भइरहेको बताउनुभयो । उहाँले नेपालमा वैदेशिक लगानी भित्रन नदिनका लागि चैत दोस्रो साता हुन लागेको लगानी सम्मेलन भाँड्ने तत्त्वहरु सक्रिय भइरहेको दाबी गर्नुभयो ।

मुलुकलाई अन्धकार युगमा राखिरहे प्रयास भइरहेको भन्दै उहाँले त्यस्ता प्रवृत्तिविरुद्ध लड्न पनि सबैलाई आह्वान गर्नुभयो । केही दिनअघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यस्ता कार्य सह्य हुन नसक्ने चेतावनी दिनुभयो ।

जनता समाचार।

प्रतिक्रिया दिनुहोस