आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बलिउडकी चर्चीत नायीका दीपिकाको एक्स–ब्वाइफ्रेन्डले को स.ग गर्दै छन विवाह ?

AuthorAP Khabar२०७५ माघ २८, सोमबार (५ साल अघि) ३४२ पाठक संख्या

काठमाडौं, माघ २८ : दीपिका पादुकोणको एक्स–ब्वाइफ्रेन्ड अभिनेता निहार पाण्ड्याले विवाह गर्ने भएका छन् । उनले यहि भ्यालेन्टाइन डेको दिन बलिउड गायिका नीति मोहनसँग लगनगाँठो कस्न लागेकाे भारतीय  मिडियाले जनाएका छन् ।

करिअरको शुरुवाती दिनमा प्रेममा रहेका निहार र दीपिका केहि समयपछि भने छुट्टिए । दीपिकाले केहि महिनाअघि इटालीमा नायक रणवीर सिंहसँग विवाह गरेपछि अब निहारले पनि आफ्नी प्रेमिका नीति मोहनसँग बिवाह गर्न लागेका हुन् ।

नीति र निहारको विवाह भारतको हैदराबादको चर्चित फलक फलकनुमा हुनेछ । यहि ठाउँमा २०१४ मा सलमान खानकी बहिनी अर्पिता खान र आयुष शर्माको विवाह भएको थियो ।

नीतिले ‘इश्क वाला लभ’, ‘इंडिया वाले’ लगायतका चर्चित गीतहरु गाएकी छन् ।

प्रतिक्रिया दिनुहोस