आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा २१ मा अम्लेखगंज मन्टेश्वरी चाईल्ड केयर होम’ संचालनमा

AuthorAP Khabar२०७५ माघ २८, सोमबार (५ साल अघि) ५५४ पाठक संख्या

एपी खबर
जीतपुर, माघ २८ : जीतपुरसिमरा उपमहानगरपालिका २१ अम्लेखगंजमा ‘ अम्लेखगंज मन्टेश्वरी चाईल्ड केयर होम’ नामक मन्टेश्वरी स्कुल संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका २१ वकरीमा रहेको शान्ती एकेडेमी ई. बोर्डिङ्ग स्कुलको लगानीमा वडा नम्बर २१ को अम्लेखगंजमा सो मन्टेश्वरी संचालनमा आएको हो ।

एक औपचारी कार्यक्रमको आयोजना गर्दै जीतपुरसिमरा उपमहानगरपालिका २१ का वडा अधयक्ष कृष्ण बहादुर ठकुरीको प्रमुख आतिथ्यतामा सो मन्टेश्वरी कक्षाको उद्घाटन गरीएको थियो ।

कक्षाको उद्घाटन गर्दै वडा अध्यक्ष ठकुरीले शिक्षाको स्तरमा बृद्धि गर्न यस्ता संस्थाहरुले सहयोग गर्ने बताउनुभएको थियो । उहाँले युवा महिलाहरुको सक्रियतामा संचालित यस मन्टेश्वरी कक्षाबाट गुणस्तरीय शिक्षाको आपेक्षा राखन सबैलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा मन्टेश्वरीका संचालक वर्षा मगरले सानो सानो नानिबाबुहरुलाई उनिहरुको रुचिअनुसारको शिक्षा दिने उद्धेश्य स्वरुप यो संचालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले बिहान ९ बजेदेखि साझ ५ बजे सम्म बालबालिकालाई कक्षा मै राख्नुका साथै उनिहरुलाई यस समय भित्र खाने, सुत्ने र खेल्ने सबै प्रबन्ध मिलाएको जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा अम्लेखगंजका स्थानिय भद्रभलादमीहरुको ब्यापक उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस