आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेसको विधान कहिले हुन्छ परिमार्जन ?

AuthorAP Khabar२०७५ माघ २९, मंगलबार (५ साल अघि) ३०९ पाठक संख्या

एपी खबर – माघ, २९-

महासमितिले अनुमोदन गरेको विधानलाई अन्तिम रुप दिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दैछ । विधानभित्र समेटिएका केही बिषयलाई परिमार्जन गर्दै नेविसंघको महाधिवेशनबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्दैछ ।

कांग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यले पार्टीको वडा समितिबाटै निर्वा्चित हुनुपर्ने वा अन्य प्रावधान राख्ने विषयमा बहस जारी छ । गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो ।

महासमिति बैठकले केन्द्रीय सदस्य वडा तहबाटै निर्वा्चित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने गरी विधान संशोधनको सुझाव दिएको थियो ।

हिजो बसेको केन्द्रीय समिति बैठकमा विधानबारे पक्ष र विपक्षमा दुवै थरीका धारणा आएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यही कारण महासमिति बैठकपछि केन्द्रीय समिति बैठक पटक–पटक बसे पनि पार्टीको विधानले अझै अन्तिम रुप पाउन सकेको छैन । Janata Samachar

प्रतिक्रिया दिनुहोस