आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आए देखी ज्यानमा सुधार जस्तो केही छ..

AuthorAP Khabar२०७५ फागुन २, बिहिबार (५ साल अघि) ३१९ पाठक संख्या

गणेश घिमिरे–

सबै आफ्नो मूल्य खोज्छन् बजार जस्तो केही छ 
बिद्वान् मूर्ख सबैको काम् ब्यापार जस्तो केही छ

भैंसी सिंगै छिर्न सक्छ दाम्लो मात्रै छिर्दिदैन 
किन लाग्छ एयरपोर्टमा सरकार जस्तो केही छ

आफु ऐना नहेरेर गल्तिहरु खोज्दै हिड्छ 
अचेल यो मान्छे भित्र बिमार जस्तो केही छ

अतितको धारले रेट्थ्यो चुलेसीले रेटे सरी 
तिमी आए देखी ज्यानमा सुधार जस्तो केही छ

जति रोए पनि आशु सकिएको थाहा छैन 
पक्कै पनि आँखासंगै इनार जस्तो केही छ ।

narayani online

प्रतिक्रिया दिनुहोस