आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश तीन स्तरीय खेलकुद प्रतियोगिता चितवनमा हुने, प्रचण्डले उद्घाटन गर्ने February 14, 2019

AuthorAP Khabar२०७५ फागुन २, बिहिबार (५ साल अघि) ११२० पाठक संख्या

चितवन, फागुन २–

तीन नं प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता यही फागुन ६ गतेदेखि चितवनमा शुरु हुने भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन ६ गते चितवनको भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयको परिसरमा प्रदेश स्तरीय खेलको उद्घाटन गर्ने तय गरिएको जानकारी दिइएको हो ।

तीन नं प्रदेशका १३ वटै जिल्लाका खेलप्रेमी र खेलाडी सहभागि हुने सो मूल समारोहको उद्घाटको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने सो अवसरमा दिइएको थियो । चितवन जिल्लामा एथलेटिक्स र उसुका खेलहरु सम्पन्न हुनेछन् भने अन्य खेलहरु विभिन्न जिल्लाका सम्पन्न हुने चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगा लामाले जानकारी गराए ।

एथलेटिक्सका लागि २ सय ६० खेलाडी चितवन आउँदैछन् । यसका अलावा पुरुष फुटबल र कराते नुवाकोट, महिला फुटवल सिन्धुपाल्चोक, भारत्तोलन, टेवलटेनिस, क्रिकेट, कबड्डी, बास्केटबल, लङ टेसिन काठमाण्डौमा, पुरुष भलिवल रामेछाप, महिला भलिबल दोलखा, व्याडमिन्टन मकवानपुर, बुद्धिचाल काभ्रेलगायतका जिल्लामा सम्पन्न हुने सो अवसरमा जानकारी दिइएको थियो ।

चितवनमा जुनसुकै खेलको लागि उपयुक्त एवम् फरालिको खेलमैदानहरु पनि भएको र अन्तराष्ट्रिय स्तरको गौतमबुद्ध क्रिकेट रङ्गशाला पनि चितवनमै बन्न लागिरहेकोले आगामी नवौं राष्ट्रिय खेलकुद चितवनमा गर्नेगरी पहल भईरहेको समेत अध्यक्ष लामाले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै खेलकुद विकास समितिका सचिव रामजी ढकालले प्रतियोगिताको तयारी राम्रो भईरहेकोले चितवनमा भव्य रुपमा प्रतियोगिताको उद्घाटन गरिने बताए ।

narayani online

प्रतिक्रिया दिनुहोस