आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सौराहा फूड फेष्टिबलमा भलिबल : फाइनलमा वडा नं ७ र १३ भिड्ने

AuthorAP Khabar२०७५ फागुन २, बिहिबार (५ साल अघि) ४४९ पाठक संख्या

चितवनको पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको प्रथम मेयर कप खुल्ला भलिबल प्रतियोगितामा आज दुई सेमिफाइनल खेल भएका छन् ।

पर्यटन प्रर्वद्धनको लागि गरिएको १३ औं सौराहा फुड फेष्टिबलअन्तर्गत भएको भलिबल प्रतियोगितामा वडा नं ७ र वडा नं १३ फाइनलमा प्रवेश गरेका हुन् । आज भएको पहिलो सेमिफाइन खेलमा वडा नं १४ लाई सोझो सेटका पराजित गर्दै वडा नं ७ र दोस्रो सेमिफाइनल खेलमा बलेसी रेष्टुरेष्टलाई सोझो सेटमा पराजित गर्दै वडा नं १३ फाइनलमा प्रवेश गरेको रत्ननगर खेलकुद विकास समितिका अध्यक्ष केशव आचार्यले जानकारी दिए ।

प्रतियोगिताको फाइनल बिहीबार हुनेछ । रेष्टुरेष्ट एण्ड बार एशोसियसन रेवान सौराहा र रत्ननगर नगरपालिकाले संयुक्तरुपमा प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार र दोस्रो हुने टिमले ५१ हजार नगर पुरस्कार पाउने छन् । प्रतियोगितामा वडा नं ७, १०, १३, १४ बलेसी रेष्टुरेष्ट र लक्ष्मी पोल्ट्री खैरहनीको सहभागिता रहेको थियो । चितवनको पर्यटन प्रर्वद्धनको लागि भ्यालेनटाइन डे को अवसर पारेर गरिएको सो फेष्टिबल फागुन ३ गते सम्म सञ्चालन हुने रेवानका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।

फेष्टिबलको साँकृतिक कार्यक्रमअन्तर्गत आज पशुपति शर्मा,दुर्गा सापकोटा, मिलन अमात्य, जिवी सुनार,अस्मिता डिसी, जीवन दाहाल, शिवहरि ढुंगाना, डिबी लोप्चनले प्रस्तुति दिएको कलाकार संयोजक विनोद लोप्चनले जानकारी दिए । बिहीबार भ्यालेनटाइन डे को दिन फुड फेष्टिबल भब्य हुने संयोजक धु्रव गिरीले बताए । बिहीबार हास्यकलाकारहरु जिग्री र पाडे लगायतका कलाकारहरुको जोडदार प्रस्तुति रहने संयोजक गिरीले जानकारी दिए । त्यसैगरी सौराहामा जारी पूmड फेष्टिबलअन्तर्गत बुधबार आयोजना गरिएको स्वास्थ्य शिविरमा ४२ जनाले मधुमेह र उच्च रक्तचापको परीक्षण गराएका छन् ।

narayani online

प्रतिक्रिया दिनुहोस