आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा बेरोजगार युवालाई वार्षिक २२ हजार भत्ता

AuthorAP Khabar२०७५ फागुन २, बिहिबार (५ साल अघि) ३९९ पाठक संख्या

वैदेशिक रोजगारीमा जाने युवालाई स्वेदेशमै रोजगारी दिने मुख्य लक्ष्यका साथ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कार्यक्रम शुभारम्भ गरेका थिए । स्वदेशमा रोजगारका अवसर नपाएको भन्दै बिदेशिने युवाको संख्या घट्न नसकेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रमको योजना बनाएर कार्यान्वयनमा ल्याएको हो ।

‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ नारा दिइएको कार्यक्रमले सकेसम्म युवलाई श्रम गर्ने विभिन्न १३ क्षेत्रमा रोजगारी दिने र त्यति गर्दा युवाले रोजगारी नपाए वर्षको ५० दिन बराबरको प्रतिदिन चार सय ४८ रुपैयाँ पारिश्रमिकका दरले २२ हजार चार सय रुपैयाँ निर्वाह भत्ता दिने ग्यारेन्टी गरेको छ ।

प्रतिक्रिया दिनुहोस