आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिन्धुलीमा ब्याट्री पड्किएर आगो लाग्दा दुई घर जलेर खरानी

AuthorAP Khabar२०७५ फागुन ३, शुक्रबार (५ साल अघि) ३२५ पाठक संख्या

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा एक घरमा सोलारको ब्याट्री पड्किएर आगलागी भएको छ । हिजो बिहीबार भएको आगलागीबाट दुई घर जलेर खरानी भएका छन् ।

तीनपाटन गाउँपालिका–६का ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार भुजेलको घरमा रहेको ४५ एम्पियरको १२ भोल्टको सोलार ब्याट्री पड्किएर आगो लागेको हो । तार सर्ट भएर ब्याट्री पड्किँदा भएको आगलागीबाट रु ५ लाख ६४ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस