आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सीमा सुरक्षामा सशस्त्र प्रहरी, भिआइपीको सुरक्षा र ठेक्कापट्टामा सेनाले

AuthorAP Khabar२०७५ फागुन ३, शुक्रबार (५ साल अघि) ७३५ पाठक संख्या

काठमाडाैं । राष्ट्रिय सीमा सुरक्षामा सशस्त्र प्रहरी र भिआइपीको सुरक्षा, ठेक्कापट्टा जग्गा प्लटिङजस्ता व्यवसायमा सेनाले हात हालेकाे खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

समाचारकाे अनुसार नेपाली सेना पछिल्लो समय विभिन्न विवादमा मुछिँदै आएको छ । कहिले आन्तरिक सरुवा–बढुवाको विषयमा यो संस्था विवादित बन्छ ।

सेनाले चलाएको सैनिक लोककल्याणकारी कोषको लामो समयदेखि लेखापरीक्षण नहुनु, नाफामा सेनाको मोह बढ्नुले पनि संस्थाको उद्देश्यप्रति नै आशंका बढ्न थालेको छ । विस्तृत शान्तिसम्झौतामा सेनाको पुनर्संरचना र लोकतान्त्रीकरण गर्ने भनियो । तर, यो प्रक्रिया अधुरो रह्यो ।

प्रतिक्रिया दिनुहोस