आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आफ्नै अपहरणको नाटक गर्ने ३ जना पक्राउ

AuthorAP Khabar२०७५ फागुन ३, शुक्रबार (५ साल अघि) ४३५ पाठक संख्या

आफ्नै अपहरण भएको नाटक रचेर अभिभावकसँग पैसा ठग्न गर्ने खोज्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१७ बेलौनीका २२ वर्षीय अजयकुमार साह र उनका साथीहरु समसाद नदाफ र रौतहट गढीमाईका अरबिन्द यादव रहेका छन् ।

अजयले साथीसँग मिलेर अपहरणको नाटक गर्दै अभिभावकसँग १५ लाख ठग्ने कोशिस गर्दा प्रहरीको फन्दामा परेका हुन् । साथीको जन्मदिन पार्टीमा गएका अजय अपहरण भएको र मुक्त गर्नका लागि १५ लाखको व्यवस्था गर्नू भनेर अजयका अभिभावकलाई अरविन्दले फोन गरेपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । पाँचलाख फिरौती दिनेमा सहमति भएपछि काठमाडौंमा लुकेर बसेका तीनैजना बर्दिबासमा पैसा लिन आएपछि प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीको जाँचबुझका क्रममा घटनाको मुख्य योजनाकार उनकै छोरा रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो । मुख्य योजनाकार साहले मोटरसाइकल किनेर भारतको गोवा घुम्न जाने योजनाका साथ अपहरणको नाटक रचेको छानबिनमा खुल्न आएको धनुषा प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि सार्वजनिक हितसम्बन्धी मुद्दा लगाएर छानबिन प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस