आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

डुमरवानामा फाल्गुन २३ देखि श्रीमद्भागवत ज्ञान महायज्ञ हुने

AuthorAP Khabar२०७५ फागुन ३, शुक्रबार (५ साल अघि) २२० पाठक संख्या

एपी खबर

जीतपुर, फागुन ३ : एम्बुलेन्स खरिद र पर्यटन प्रवद्धन गर्ने उद्देश्य सहित जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवाना स्थित सिद्धिविनायक मन्दिर प्राङगणमा श्रीमद्भागवत ज्ञान महायज्ञ सप्ताह तथा धार्मिक महोत्सव हुने भएको छ । 

फागुन २३ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने गरी श्रीमद्भागवद्ध ज्ञान महयज्ञ तथा धार्मिक महोत्सववाट संकलन भएको रकमले सो क्षेत्रको पर्यटन विकास र एम्बुलेन्स खरिद गर्ने  मुल आयोजक समितिले जनाएको छ । 

सो धार्मिक महोत्सवलाई सफल बनाउन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेको  संयोजकत्वमा आज ३३ सदस्यीय मुल आयोजक समिति गठन भएको छ । 

मुल आयोजक  समितिका संयोजक रामप्रसाद लामिछानेले श्रीमदभागवद्ध ज्ञान महायज्ञ सप्ताहवाट संकलन भएको रकम विशुद्ध सामाजिक काममा खर्च गरिने भएकोले  सहयोगका लागि जुट्न सबैमा आवह्रान गर्नुभएको छ 

साथै उहाँले सो धार्मिक महोत्सव बाट एक करोड रकम संकलन गर्ने  उद्देश्य रहेको टिप्पणी गर्नुभयो ।  ‘यो धार्मिक महोत्सववाट संकलन भएको  रकम हालीले  १ रुपयाँ पनि दुरुपयोग हुन दिदैनौ, यो विशुद्ध सामाजिक कामका लागि आयोजना गरिएको हो’  कार्यक्रम संयोजक तथा वडाध्यक्ष लामिछानेले भन्नुभयो । 

 साथै आज नै बसेको बैठकले सो कार्यक्रमलाई सफल बनाउन  सल्लाहकार समिति, कलश यात्रा समिति  अर्थ समिति, प्रचार प्रसार समिति, दाता पहिचान तथा अतिथि सत्कार संयोजक समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस