आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्तब्ध जम्मु–कश्मिरः को हुन् आतंककारी अजहर ?

AuthorAP Khabar२०७५ फागुन ३, शुक्रबार (५ साल अघि) ८९८ पाठक संख्या

भारतको जम्मु–कश्मिरमा भएको पाकीस्तानी विद्रोही हमलामा मृत्यु हुने सुरक्षाकर्मीको संख्या ४६ पुगेको छ । कश्मिर अहिले स्तब्ध बनेको छ । कश्मिरको प्रमुख शहरदेखि करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीलाई लक्षित गरी आतंकवादीले विद्युतीय धराप थापे । आतंककारीको मिसन पुरा भयो । सिंगो भारत भने रोइरहेको छ । बिहिबार भएको घटनामा ८७ गाडीमा करिब २ हजार ५ सय सैनिक थिए ।

पाकिस्तानी आतंकवादीको समुहले सैनिकमाथि हमला गर्ने योजना बुन्यो । ‘जैस ए मोहम्मद’का नाइके मसुद अजहरले ती सैनिकमाथि आफ्नो दुष्टपन देखाए । भारतको कश्मिर क्षेत्रमा भइरहने यस्ता घटनामा २०१६ पछिको यो ठूलो घटना हो । जसको जिम्मेवारी पाकिस्तानी आतंकवादी ‘जैस ए मोहम्मद स्लामिक समुह’ले लिएको छ । मोहम्मदले सन् २००१ मा संसद हमला गरेका थिए । पठानकोट एयरबस हमला र उरी आर्मी क्याम्पमा भएको सबै हमलाको मास्टरमाइण्ड मसुद अजहरकै भएको भारतको दाबी छ ।

को हुन् कुख्यात आतंककारी मसुद अजहर ?

मसुद अजहर पाकीस्तानी नागरिक हुन् । उनले कराँचीको जामिया उलुम उल इस्लामियामा अध्ययन गरे । त्यहीँबाट उनी अल अन्सारसँग आबद्ध भए । बिस्तारै आतंकवादी गतिविधिमा लागे । उनी १९९४ मा श्रीनगर आएका थिए । सोही वर्षको फेब्रुअरीमा उनलाई गिरफ्तार गरियो र जेल हालियो । उनका सहयोगीहरुले अजहरलाई जेलबाट मुक्त गराउन निकै तिगडम गरे । आतंकवादीले सन् १९९५ मा जम्मु–कश्मिरमा केही विदेशी पर्यटकलाई अपहरण गरेर अजहरलाई छोड्न माग गरे । त्यसपछि आतंकवादीको चंगुलबाट एक विदेशी भाग्न सफल भए । आतंकवादी बाँकी सबै पर्यटकको हत्या गरे ।अजहरलाई छुटाउन सक्रिय आतंकवादी धेरै प्रयास खेर गयो । १९९९ मा समेत सफल भएनन् । सोही वर्ष काठमाडौंको अन्तराष्ट्रिय विमानस्थलबाट इन्दीरा गान्धी इन्टरनेश्नल एयरपोर्ट दिल्ली जाँदै गरेको भारतीय विमान ()लाई आतंकवादीले हाइज्याक गरे । सो विमानलाई लिएर अफगानिस्तानको कंधार पुर्याए । विमानमा १ सय ८७ यात्रु सवार थिए । ती यात्रुलाई अजहरको रिहाइपछि मात्रै छोड्ने उनीहरुको अडान रह्यो । विमान अपहरणमा अजहरका भाइ अब्दुल उरुफ असगरको पूरा हात थियो ।

उनीहरुले आफ्नो मिसन पुरा गरेरै छाडे । अन्ततः अजहरलगायत अन्य तीन आतंकवादीलाई जम्मुको कोट भलवाल जेलबाट निकालेर कंधार पुर्याइयो । त्यसपछि अपहरण भएका यात्रुपनि रिहा भए । मसुद अजहरले सन् २००० मा ‘जैश ए– मोहम्मद’को गठन गरेको थियो । यो समुहले कश्मिरलगायतका क्षेत्रमा आतंकवादी घटना घटाउँदै आएको छ ।

घटनाले सैनिक परिवार स्तब्ध

मृत्यु भएका सैनिकहरुको शवको अवस्था क्षतविक्षेद रहेको थियो । सनाखत गर्नै मुस्किल भयो । मृत्यु खोज्न जम्मु–कश्मिर जानु जस्तै भयो भन्दै उनीहरुका आफन्त पीडामा छन् । भारतमा हमलाको बिषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । आतंककारीका विरुद्ध चर्को नाराबाजी गरिएको छ । भारतीय सुरक्षा फौजको समेत कमजोरी औल्याइएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस