आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दाह्री पाल्नेलाई खुसीको खबर, लाग्दैनन् यी घातक रोग

AuthorAP Khabar२०७५ फागुन ४, शनिबार (५ साल अघि) ४३२ पाठक संख्या

स्कूल कलेज पढ्ने टिनएजर हुन् वा अफिसमा काम गर्ने कर्मचारी, धेरैजसो पुरुषहरुमा अचेल दाह्री पाल्ने क्रेज बढिरहेको देखिन्छ ।

अधिकांश पुरुष आफूलाई स्टाइलिस देखाउनका लागि शौखको रुपमा दाह्री पाल्ने गर्दछन् तर दाह्रीका छुट्टै फाइदा पनि छन् जो थाहा पाउन सकिरहेका छैनन् ।

हालै गरिएको एक अध्ययनले दाह्री पाल्दा धेरै प्राणघातक रोगबाट मुक्त हुन सकिने तथ्य सार्वजनिक गरेको छ ।

सूर्यबाट आउने परावैजनिक किरणलाई दाह्रीले सिधै अनुहारमा पर्न नदिई रोक्ने गर्दछ । त्यस्तो हानीकारक किरणलाई छेक्ने भएकाले दाह्रीले अनुहारको चमकमा क्षति हुन दिँदैन ।

यदि तपाईमा एलर्जीको समस्या छ भने पनि दाह्रीले सहयोग गर्नेछ । यसले एलर्जेनलाई रोकेर एलर्जी हुन दिँदैन । दाह्रीले धेरैजसो घातक रोग लाग्नबाट जोगाउन सहयोग गर्दछ ।

दाह्री पाल्नेहरु नपाल्नेहरुभन्दा जवान देखिन्छन् । सूर्यको प्रत्यक्ष किरणबाट अनुहार जोगिने भएकाले कुनै दाग, धब्बा र डन्डीफोरको समस्याबाट उनीहरु मुक्त हुन सक्दछन् ।

janta samachar

प्रतिक्रिया दिनुहोस