आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘नेपाल भ्रमण वर्ष –२०२०’ तयारीप्रति पर्वतारोहण संघको चिन्ता

AuthorAP Khabar२०७५ फागुन ४, शनिबार (५ साल अघि) ४९२ पाठक संख्या

नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले ‘नेपाल भ्रमणवर्ष २०२०’ को तयारीमा भइरहेको ढिलासुस्तिप्रति चिन्ता व्यक्त गर्नु भएको छ ।

जनता टेलिभिजन र जनता समाचार डट कसँग कुरा गर्दै महासचिव कुलबहादुर गुरुङले ‘नेपाल भ्रमण वर्ष- २०२०’ को तयारी कछुवाको गतिमा भएको भन्दै सरकारको वर्तमान तयारीले लक्ष्य हॉसिल गर्न नसक्ने दाबी गर्नुभयो ।

महासचिव गुरुङले भूकम्पबाट क्षतिग्रस्त पदमार्ग, आधार शिविर र होटलको पुर्नः निमार्णमा सरकारले ध्यान नदिएको पनि गुनासो गर्दै नेपाल र नेपालीको गौरवको रुपमा रहेको सगरमाथा लगायत हिमालको चुचुरोसम्म पुग्ने बाटो मर्मतसम्भार आवश्यक रहेकाे बताउनु भयो ।

महासचिव गुरुङले सरकारले ‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई लक्ष्यगरी केही काम अधि बढाएको भएपनि पर्याप्त नभएको भन्दै वर्तमान तयारीले सरकारको लक्ष्य पूरा नगर्ने दाबी समेत गर्नु भयो । उहॉले निजि क्षेत्रको साथ–सहयोगबिना सरकारको ‘नेपाल भ्रमणवर्ष –२०२०’ सफल नहुने पनि दाबी समेत गर्नुभयो

janta samachar

प्रतिक्रिया दिनुहोस