आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अन्तराष्ट्रिय विमानस्थल बारामै बनाउनु पर्ने वन प्राविधिक संघको माग

AuthorAP Khabar२०७५ आश्विन १९, शुक्रबार (५ साल अघि) ५०६ पाठक संख्या

कलैया, १९ असोज : अन्तराष्ट्रिय विमानस्थल बारा मै निमार्ण हुनुपर्ने बारा वन प्राविधिक संघले सरकारसँग माग गरेका छन । वनस्पती विभागका पुर्व महानिर्देशक राजदेव प्रसाद यादवले केहि राजनितिक दलहरु विभिन्न बहाना गरि अन्तराष्ट्रिय गौरवका विमानस्थल बारामा बन्न नदिने चलखेल गरिरहेको आरोप लगाउदै बारामा नै दोस्रो अन्तराष्ट्रि विमान स्थल बनाउनुपर्ने माग गर्नुभएको छ ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर यादबले अन्तराष्ट्रिय विमानस्थलको लागि चाहिने ८ हजार ४५ हेक्टर क्षेत्रफल मध्ये १५ सय ५० हेक्टर क्षेत्रफलको रुख काटदा विमानस्थलको भौतिक संरचना निमार्ण हुने जानकारी दिनुभएको छ ।

उहाँले निर्माण स्थलमा बाँकी रहेका ६ हजार ९ सय ९५ हेक्टर विमानस्थलका लागि संरक्षित क्षेत्रको रुपमा राख्ने योजना भएको तर केही संघसंस्था र व्यक्तिले गलत प्रचार गरी विमानस्थल बारामा बन्न नदिने घोर षडयन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । साथै विमानस्थल निमार्णको क्रममा क्षति भएको रुखको सटा नयाँ रुखहरु सार्वजनिक स्थलहरुमा लगाउनु पर्ने यादबको भनाई छ ।
अन्तरायिट्रय विमानस्थल निमार्ण गर्दा टाँगीया वस्तीको क्षेत्रमा करिव ५ सय हेक्टर जमिन अतिक्रमण गरिएको हुदा उनिहरुको उचित व्यवस्थापन गर्नु पर्ने पुर्व महानिर्देशक यादवले राज्यसंग माग गर्नुभएको छ ।
जसरी पनि बारा मै विमानस्थल निमार्ण हुनुपर्नेमा आवाज उठाउन सवै तह तप्काकालाई पत्रकार सम्मेलनमा आग्राह गरिएको थियो । कुल ४७ हजार ८२ हेक्टर क्षेत्रफको वन बारा जिल्लामा रहेको तथ्याङ्कले देखाउछ ।
हाल दोस्रो अन्तराष्ट्रिक्ष् विमान स्थल निर्माणका लागि डीपीआर बनाउन नेपाल सरकारले विदेशी कम्पनी कोरीयालाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस