आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उपचार गराउन आएकी गंगाको शौचालयमै ज्यान गयो

AuthorAP Khabar२०७५ फागुन ७, मंगलबार (५ साल अघि) ३५६ पाठक संख्या

सप्तरीको राजविराजमा नेपाली सेनाको सहयोगमा संचालित स्वास्थ्य शिविरमा उपचारका लागि आएका एक ब्यक्तिको आज विहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–६ धरमपुरका करिव ६५ वर्षिय गंगा मोची रहेका छन् । मुटु तथा उच्चरक्तचापको रोगी रहका मोची शिविरको अस्थायी शौचालयमा मृत अवस्थामा फेला परेका छन् । उनलाई हृद्यघात भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

पत्नि धनेश्वरी र छोरी सहित उनी उपचारका लागि सोमवार राजविराज आएका थिए । नाम दर्ता गराउन नसकेपछि उनी शिविर सञ्चालित पवि माविको कम्पाउण्डमै वसेका थिए । विहान करिव ५ वजे शौचालय गएका मोचि लामो समयसम्म फर्केर नआएपछि हेर्न जाँदा मृत अवस्थामा फेला परेको परिवारजनले जनाएको छ

janta samachar

प्रतिक्रिया दिनुहोस