आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गर्भवतीसहित दुईको हत्या, आरोपी पक्राउ

AuthorAP Khabar२०७५ फागुन ८, बुधबार (५ साल अघि) २६७ पाठक संख्या

ताप्लेजुङ । १० वर्षअघि दुईजनालाई छुरा प्रहारगरी हत्यामा संलग्न एक जनालाई पोखराबाट पक्राउ गरिएको छ । झापा स्थायी घर भई होटल व्यबसाय गर्दै आएका दिलकुमार राई उनकी ४ महिनाकी गर्भवती श्रीमती शान्ता राईलाई छुरा प्रहार गरी फरार रहेका मिक्वाखोला गाउँपालिका–४ साँबाका चतुरमान साँबा लिम्बू पोखराबाट पक्राउ परेका हुन् ।

पोखराको बिभिन्न स्थानमा लुकीछिपी बसेका लिम्बूलाई सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पक्राउ गरिएको छ ।

लिम्बूलाई मंगलबार ताप्लेजुङ ल्याइएको छ । म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख सञ्जयसिंह थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार २०६६ वैशाख ५ मा कोप्चेबजारस्थित होटल सञ्चालक दिलकुमार राई र उनकी गर्भवती श्रीमतीको हत्या गरेर लिम्बू फरार भएका थिए ।

janta samachar

प्रतिक्रिया दिनुहोस