आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरामा देउवालाई एक सय ५१ किलोको माला, जीतपुरमा छुट्टै गरीयो स्वागत

AuthorAP Khabar२०७५ फागुन ८, बुधबार (५ साल अघि) २६३ पाठक संख्या

एपी खबर

बारा , फागुन ८ : नेपाली कांग्रेसका सभापति एवंम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बाराको सिमरामा एक सय ५१ किलोको माला लगाएर स्वागत गरिएको छ । बिरगंजको दियालो होटलको उद्घाटन गर्न जाने क्रममा सिमरा आई पुगेका देउवालाई नेपाली कांग्रेस जीतपुरसिमरा नगर समितिले एक सय ५१ किलोको माला लगाएको हो ।

नगर सभापति श्यामबाबु गुप्ताले सिमरा स्थित पार्टी कार्यालयमा सभापति देउवालाई माला लगाएर स्वागत गरेका थिए । सिमरा आएका देउवाले सञ्चारकर्मीसँग भने बोल्न मानेनन् । सञ्चारकर्मीले प्रश्न राख्न खोज्दा देउवाले अहिले नबोल्ने भन्दै सञ्चारकर्मीलाई पन्छाएका थिए ।

यस अघि देउवालाई स्वागत गर्न सिमरा बिमानस्थलमा पूर्व मन्त्री फरमुल्ला मन्सुर , पूर्व सभासद राधेचन्द्र यादव , अजय चौरसिया , रमेश रिजाल , अजय द्धिवेदी , मधु शाही सहिँत बारा र पर्साका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । देउवालाई स्वागत गर्न कांग्रेस कार्यकर्ता बिच तछाडमछाड समेत देखिन्थ्यो ।

यता पूर्व प्रधानमन्त्री देउवालाई बाराको जीतपुरसिमरा उपमहानगरपलिका ७ जीतपुरमापनि स्वागत गरीएको छ । स्वागतको क्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अधयक्ष रामबाबु गुप्ता, वडा सदस्य दुर्गा रिजाल, ज्ञानी पासवान, नेपाली कांग्रेस महासमितिका सदस्य कपिलदेव यादब, स्थानिय समाजसेवि अफताब आलम, नारीशक्ति विकास मंचकी अध्यक्ष आशा दहाल लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस