आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउ अहिलेसम्मकै महंगाे, कति पुग्यो ?

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) ३९९ पाठक संख्या

नेपाली बजारमा सुनको भाउ महँगो हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ मंगलबारजस्तै बुधबार पनि बढेसँगै त्यसको असर बिहीबार नेपाली बजारमा देखिने भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ प्रतितोला औसत ५ अमेरिकी डलरले महँगो भएको थियो । बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतितोला १३ सय ४५ डलरमा कारोबार भैरहेको छ ।

यसले आजको नेपाली बजार प्रभावित हुने देखिएको हो । हिजो (बुधबार) नेपाली बजारमा सुन प्रतितोला ६३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

२०७० भदौ १२ गते ६३ हजार ३०० रुपैयाँमा नै कारोबार भएको थियो । अमेरिका र चीनबीचको व्यापार युद्धका कारण सुनको भाउ निरन्तर प्रभावित भइरहेको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस