आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मलेसिया कलिङ भिसा सकियोः बेरोजगार युवाको २५ करोड डुब्ने

AuthorAP Khabar२०७५ फागुन १०, शुक्रबार (५ साल अघि) ४०० पाठक संख्या

नेपाल र मलेसियाको सरकारबीच कामदार लैजाने प्रक्रियाको भेन्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ ।

मलेसियाबाट सात हजार आठ सय सत्रजना नेपाली कामदारका लागि आएका कलिङ भिसाको समय सकिएका कारण युवाले त्यसतर्फ जान लगानी गरेको २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको हो । मलेसिया जान एकजनाले औसतमा ३५ हजार रुपैयाँ लगानी गर्नुपर्छ ।

यही साता मलेसिया सरकारले सम्बद्ध निकायले कलिङ भिसाको म्याद सकिएको र अब नथप्ने जानकारी दिएको छ । भिसाको समय सकिएपछि यी युवा अब मलेसिया जान पाउने छैनन् ।

janta samachar

प्रतिक्रिया दिनुहोस