आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उड्यान प्राधिकरण हवाई सुरक्षा सम्बन्धि २ दिने सेमिनार सिमरामा शुरु

AuthorAP Khabar२०७५ आश्विन २१, आईतबार (५ साल अघि) ५९३ पाठक संख्या

AP डेस्क 

असोज, २१ : नेपाल नागरीक उड्यान प्राधिकरण हवाई सुरक्षा बिभागको आयोजनामा बिमानस्थल आकस्मिक योजना सम्बन्धी २ दिने सेमिनार बाराको सिमरामा शुरु भएको छ । बिमानस्थलमा हुन सक्ने संभाबित दुर्घटना न्यूनीकरण र सतर्कताका लागी सरोकारवालाहरुलाई प्रशिक्षण प्रदान गर्न यस कार्यक्रमको आयोजना गरीएको हो ।
विमान स्थलमा हामीले आकलन गरेका सबै खालमा आकस्मिकताहरुलाई पहिचान गर्नका लागि हरेक राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान स्थलहरुमा आकष्मिक योजना बनाइनछ र त्यसलाई १३ ओटा अवस्थामा वरगीकरण गरेर ५ नम्बरका थ्रेट अर्थात जहाजमा बम भएमा के हुन्छ र त्याहा कुन कुन संस्थाले के के जिमेवारी पुरा गर्न सक्छ भन्ने बारेमा सरोकारवालाहरुहरुलाई जानकारी दिन यस कार्यक्रमको आयोजन गरीएको नागरीक उड्यायन प्राधिकरणका उपनिर्देशक बिक्रमराज गौतमले जानकारी दिनुभएको छ ।
विमान स्थलमा आकष्मिक रुपमा आएका दुर्घटनालाई नियन्त्रण गरी त्यसमा रहेका मानविय तथा भैतिक क्षतीलाई कमगर्न र दुरघटनामा परेकाको तत्काल कसरी उपचार गर्ने भनि योजना बनाएर अगाडी बढ्न यो सेमिनारको मुख्य उद्वेश्य रहेको उड्डयन प्रधिकरण सिमरा शाखाका प्रमुख हिराजन काफ्लले बताउनुभएको छ ।
जिल्लामा आपतकालको समयमा परिचालन गर्न बनाइएको सुरक्षा यूनिटमा विमान स्थलको सुरक्षालाईपनि समावेस गर्नेगरी यस सेमिनारमा सिमरा विमान स्थलसंग सरोकार राख्ने बारा र पर्साका प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस