आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एनसेलको गेटमा बिष्फोट : घाइते एक जनाको मृत्यु

AuthorAP Khabar२०७५ फागुन ११, शनिबार (५ साल अघि) ३५८ पाठक संख्या

ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

बिष्फोटमा घाइते सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । श्रेष्ठलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो ।

शुक्रबार राति बम बिष्फोट हुँदा श्रेष्ठसहित प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएका थिए । प्रतिक्षा र अनुषाको उपचार जारी छ । उनीहरुमध्ये एकजनाको अवस्था गम्भीर छ ।

सुरक्षा गार्डको भूमिका शंकास्पद, केही पक्राउ

विष्फोटमा सुरक्षा गार्डको भूमिका शंकास्पद देखिएकाले प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको छ । एनसेलको गेटमा राखिएको सिसिटिभी फुटेज हेर्दा सुरक्षा गार्डको भूमिका शंकास्पद देखिएको हो । घटना अनुसन्धानका लागि केही व्यक्तिहरुलाई नियन्त्रणमा समेत लिइएको प्रहरीले जनाएको छ ।

विष्फोटलगत्तै घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु पुगेका थिए । बिष्फोट भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाइएको छ ।

शुक्रबार राति नै कमलपोखरीको आँगन मिठाई पसल अगाडि भेटिएको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

online khabar

प्रतिक्रिया दिनुहोस