आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गुगल प्लस बन्द हुने

AuthorAP Khabar२०७५ आश्विन २३, मंगलबार (५ साल अघि) ४४० पाठक संख्या

अससोज, २३ : डाटा चुहावट भएको भन्दै सर्च इन्जिन गुगलले सामाजिक सञ्जाल गुगल प्लस बन्द गर्ने निर्णय गरेको छ । गुगल प्लसको सफ्टवेयरमा रहेको एउटा त्रुटिका कारण ५ लाख प्रयोगकर्ताको सुचना चुहिएको गुगलले जनाएको छ । प्रयोगकर्ताको सुचना तेश्रो पक्षको पहँुचमा पुगेको बीबीसीले उल्लेख गरेको छ ।
डाटा चुहावटको जानकारी गत मार्चमा नै प्राप्त गरेको कम्पनीले गुगल प्लस बन्द गर्ने प्रक्रिया सुरु गरेपनि सुचना सार्वजनिक गरेको थिएन । गुगल प्लस बन्द गर्ने सम्वन्धी निर्णय कार्यन्वयन गर्न कम्पनीमा आन्तरिक सुचना जारी भईसकेको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ । सन् २०११ मा फेसबुकसँग प्रतिस्पर्धा गर्ने उद्धेश्यले सुरु गरिएको गुगल प्लसमा प्रयोगकर्ताले न्युन समय खर्चदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस