आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संसदीय विशेष सुनुवाई समितिको बैठक आज

AuthorAP Khabar२०७५ फागुन १४, मंगलबार (५ साल अघि) ३४८ पाठक संख्या

कोरम नपुगेर पटक– पटक स्थगित हुँदै आएको संसदीय विशेष सुनुवाई समितिको बैठक आज (मंगलबार) बस्दैछ ।

समितिको आज बस्ने बैठकमा अनिवार्य उपस्थित हुन नेकपाले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । आइतबार बोलाइएको समिति बैठक कोरम नपुगेर स्थगित भएपछि नेकपा संसदीय दलले आफ्ना सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन ‘हृवीप लगाएको हो ।

आजको बैठकबाट थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाई र अनुमोदन गर्ने तयारी छ । प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक आयोगमा गरिएको सिफारिसको वैधानिकतामा प्रश्न उठाउँदै बैठक बहिस्कार गर्दै आएको छ ।

नेकपाको बहुमत रहेको १५ सदस्यीय सुनुवाई समितिमा नेकपाका ९ जना सांसद छन् । कांग्रेसका ४ जना, संघीय समाजवादी फोरम र राजपाका एक एक जना सांसद सदस्य रहेका छन् ।

janta samachar

प्रतिक्रिया दिनुहोस