आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतीय वायुसेनालेको आक्रमणबाट ३०० आतंककारी मारिए

AuthorAP Khabar२०७५ फागुन १४, मंगलबार (५ साल अघि) ३६९ पाठक संख्या

भारतीय वायुसेनाका फाइटर विमानको आक्रमणबाट पाकिस्तान अधिनस्थ कास्मिरमा आतंककारीको अखडा ध्वस्त भएको र करिब ३०० जना आतंककारी मारिएको खुलासा भएको छ ।

भारतको मिराज फाइटर जेटले पाकिस्तान अधिनस्थ क्षेत्रमा मंगलबार बिहान आक्रमण गरी ठूलो आतंकवादी शिविर नष्ट गरेको हो । भारतीय वायुसेनाको फाइटर जेटले बिहान मंगलबार बिहान ३ः३० बजे सिमारेखा पार गरेको थियो । मिराज २००० सहितका लडाकु विमानहरू पाकिस्तान अधिनस्थ क्षेत्रमा प्रवेश गरी आतंककारी शिवरमा १००० किलो बम खसालेका थिए ।

भारतीय वायु सेनाले खसालेको बम पड्किदा पाकिस्तानमा रहेको आतंककारी समूह जैश–ए–मोहम्मदको अखडा ध्वस्त भएको र करिब ३०० जना आतंककारी मारिएको दाबी गरिएको इण्डिया टुडेले जनाएको छ ।

त्यस्तै भारतीय अर्को मिडियाले पनि भारतको पाकिस्तानमाथिको आक्रमणबारे स्पष्ट पार्दै ३०० जनाभन्दा बढी आतंककारीको ज्यान गएको भारतीय सोचारमाध्यम आजतकले बताएको छ । यसलाई भारतको दोस्रो सर्जिकल स्ट्रइक नाम दिइएको छ । यो भन्दा अगाडि २०१६ मा उडी आक्रमणपछि भारतीय सेनाले सर्जकल स्ट्राइक गरेर पाकिस्तानलाई झट्का दिएको थियो ।

भारतीय वायुसेनाको अपरेशन जम्मा २१ मिनेटको थियो । यो २१ मिनेटमा भारतीय १२ मिराज फाइटरले पाकिस्तानका अलग–अलग स्थानमा हमला गरे । यस हमलामा ३०० भन्दा बढी आतंककारी मारिउको अनुमान गरिएको छ । स्रोतकाअनुसार भारतीय वायुसेनाले बालाकोट र मुजफराबादमा हमला गरेको थियो । भारतीय वायुसेनाले ३०० किलोको बम फालेको थियो ।

यो भन्दा पहिले पाकिस्तानी सेनाका मिडिया शाखा अन्तर–सेवा जनसम्पर्क९आईएसपीआर० का महानिर्देशक मेजर जनरल आसिफ गफूरले ट्वीटबाट भारतीय कारबाहीबारे कन्फर्म गरेका हुन् । तर, भारतले भने कुनै क्षति नभएको जनाएको छ । यसपछि पाकिस्तान भारतसँग आक्रोशित भएको छ । उसले बदला लिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस