आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मकवानपुरमा ८४ किलाे गाँजा बरामद

AuthorAP Khabar२०७५ फागुन १४, मंगलबार (५ साल अघि) ३३८ पाठक संख्या

जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेकाे छ । गाेप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा गएको टोलीले राक्सिराङ गाउँपालिका–६ स्थित जीतबहादुर स्याङ्तानको घरमा लुकाएकाे अवस्थामा ८४ किलो ४०० ग्राम गाँजा बरामद गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिएकाे छ ।

स्याङ्तान हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस