आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्यटन प्रवद्धनको उद्धेश्य सहित जनहितको टोली केन्द्रिय कार्यालयमा

AuthorAP Khabar२०७५ फागुन १४, मंगलबार (५ साल अघि) २२८ पाठक संख्या

एपी खबर
जीतपुर, फागुन १४ : पर्यटन प्रवद्धनको उद्धेश्य सहित पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगत रहेको जनहित उपभोक्ता समितिको टोली मंगलबार राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्षको केन्द्रिय कार्यालयमा पुगेको छ ।

पर्सा बन्यजन्तु आरक्षबाट राष्ट्रिय निकुञ्ज भएपछि यस क्षेत्रमा बढदै गएको पर्याप्रयटनको संभावनालाई थप ब्यवस्थित गर्न र यस क्षेत्रमा पर्यटकको संभावना बढाउने योजना सहित यस जनहित उपभोक्ता समितिको टोली राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्षको केन्द्रिय कार्यालय पुगेको हो ।

समितिले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्षको केन्द्रिय कार्यालयका ईकोलोजीस्ट हरिभद्र आचार्यसंग भेटघाट गर्दै पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगत रहेको जनहित उपभोक्ता समितिमा भएको पर्यटनको संभावनामा यस कार्यालयले सहयोग गर्न आग्रह गरेको हो ।

समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले आचार्यलाई पछिलो समय त्यस क्षेत्रमा बढ्दै गएको पर्यटनको बारेमा जानकारी समेत गराउनुभएको थियो । साथै उहाँले राज्को लगानीको परखाईमा रहेको यस निकुञ्जमा पुर्वाधार विकास गर्न सके छिमेकी राष्ट्र भारतबाटपनि पर्यटक भित्र्याउन सकिने संभावना प्रबल रहेको जानकारी गराउनुभएको थियो ।
यता हाल निर्माण हुन लागेको नेपालको गौरवको योजना अन्तरगत अम्लेखजं–रक्सौल–मोतीहारी पेट्रोलीयम पाईपलाईनका लागि कटान हुने रुख बापत आएको रकमलाई सोहि क्षेत्रमा लगानी गर्न समितिका अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभएको थियो ।
पेट्रोलीयम पाईपलाईन आयोजनाको कार्यालयले हाल पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयलाई प्रत्येक वर्ष २ करोडका दरले ५ वर्षमा १० करोड दिने गरी निर्णय गरेको जनहित उपभोक्ता समिति अन्तरगत रहेको भिमेश्वर मध्यवर्ती सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष पेशल मुल्मीले जानकारी दिनुभयो । उहाँले आफ्नो क्षेत्रको रुख कटान भएले सोहि रुख कटान गरेवापत आएको रकमलाई भिमेश्वर मध्यवर्ती सामुदायीक बन उपभोक्ता समुह अन्तरगत नै खर्च गर्नुपर्ने माग समेत राख्नुभयो ।

पेट्रोलीयम पाईपलाईनका लागि आफ्नो २ किलोमिटर क्षेत्रमा पर्ने २ हजार भन्दा बढि रुख कटान हुने भएपछि समितिले आफ्नो बनको संरक्षण गर्न प्रति लिटर १ रुपैयाका कारले पेट्रोलीयम पाईपलाईन आयोजनाले समितिलाई दिनेपर्ने माग गर्दै आएको थियो ।

यस सम्बन्धमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्षको केन्द्रिय कार्यालयका ईकोलोजीस्ट हरिभद्र आचार्यले पर्सा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्धनमा विभागले पुर्ण सहयोग गर्न जानकारी गराउनुभएको थियो । उहाँले आफु सो निकुञ्ज कार्यालयको पुर्व संरक्षण अधिकृत समेत रहेकोले त्यस क्षेत्रमा पर्यटनको संभावनाको बारेमा जानकार रहेको जनाउँदै यहाँ बसेरपनि सक्दो सहयोग गर्न तैयार रहेको जानकारी दिनुभयो ।

जनहित उभोक्ता समितिको टोलीमा समितिका उपाध्यक्ष अनिता लम्साल, कोषाध्यक्ष चिनबहादुर पाख्रीन, संचारकर्मि अनिल तिवारी लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस