आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतले सोच्नै नसक्नेगरी आक्रमण गर्ने पाकिस्तानको चेतावनी

AuthorAP Khabar२०७५ फागुन १५, बुधबार (५ साल अघि) २४३ पाठक संख्या

 पाकिस्तानको सेनाले आकस्मिक आक्रमणको लागि तयार रहन भारतलाई चेतावनी दिएको छ । भारतले आफ्नो भूभागमा हवाई आक्रमण गरेको बदलास्वरूप आफूले रोजेको समय र स्थानमा प्रतिक्रिया जनाउने चेतावनी पाकिस्तानले दिएको बीबीसीले जनाएकाे छ ।

सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफूरले चकित पर्न तयार रहन भारतलाई सावधान गराए । भारतले उसका लडाकु विमानले जैश–ए–मोहम्मद सङ्गठनको आत्मघाती हमलाकारीहरूको प्रशिक्षण शिविर ध्वस्त पारिदिएको बताएको छ । पाकिस्तानले चाहिँ भारतीय विमानहरूलाई आफ्ना विमानले फर्कन बाध्य पारिदिएको र कुनै हताहती नभएको बताएको छ।

janta samachar

प्रतिक्रिया दिनुहोस