आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मकवानपुरमा १५ वर्षपछि उच्च हिमपात, त्रिभूवन राजपथ अबरुद्ध

AuthorAP Khabar२०७५ फागुन १६, बिहिबार (५ साल अघि) २६८ पाठक संख्या

मकवानपुरका विभिन्न स्थानमा करिब १५ वर्षपछि उच्च हिमपात भएको छ । हिमपातले त्रिभुवन राजपथ बिहानैदेखि अबरुद्ध भएको छ ।

थाहा नगरपालिकाको दामन, पालुङ, सिम भञ्ज्याङलगायतका डाँडा, बस्ती तथा सडकहरुमा हिमपात भएपछि राजपथको सवारी आवागमन प्रभावित बनेको हो ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले दिएको जानकारी अनुसार, राजपथमा ४ फिटसम्म हिउँ जमेको छ । हिउँ परेपछि काठमाडौंतर्फ हिँडेका सवारी अधोरमा रोकिएका छन् भने काठमाडौंबाट हेटौंडा आउने सवारी पनि पालुङको ओखर बजारबाट अघि बढ्न सकेका छैनन् ।

थाहा नगरपालिकाको उच्च भू–भागमा प्रत्येक वर्ष हिमपात हुने गरे पनि यसपटक भने बस्तीहरुमा समेत हिमपात भएको छ ।

हिमपातले थाहानगरका अघिकांश भाग सेताम्य भएको थाहा नगरका मेयर लवशेर बिष्टले बताए ।

हिमपातसँगै हेटौंडालगायतका स्थानबाट हिउँका पारखीहरु डाँडाकाँडामा पुगेको स्थानीय सञ्चारकर्मी रुपक कालीराजले बताए ।

onlinekhabar

प्रतिक्रिया दिनुहोस