आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सन्दीपको दुई विकेट

AuthorAP Khabar२०७५ फागुन १७, शुक्रबार (५ साल अघि) ४५९ पाठक संख्या

पाकिस्तान सुपर लिगमा बिहिबार भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । लाहोर कराँची किंग्ससँग बिहिबार भएको खेलमा लाहोर कलन्दर्ससँगको खेलमा चार ओभरमा १७ रन खर्चेर दुई विकेट लिएका थिए ।

बिहीबार राति भएका खेलमा लाहोर कराँची किंग्ससँग पाँच विकेटले पराजित भएको हो । १३४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको कराँचीले १९ ओभर १ बलमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लाहोरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १३३ रन बनाएको थियो । लाहोरका लागि एबी डिभिलियर्सले ३३ र सोहिल अख्तरले अविजित २९ रन बनाएका थिए ।

janta samachar

प्रतिक्रिया दिनुहोस