आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एक सय ३५ प्रहरी दीक्षित

AuthorAP Khabar२०७५ फागुन १७, शुक्रबार (५ साल अघि) ३९७ पाठक संख्या

प्रदेश १ मा १ सय ३५ प्रहरी दीक्षित भएका छन्। प्रहरी तालिम केन्द्र विराटनगरमा आधारभूत तालिम लिएका जवानलाई शुक्रबार दीक्षित गरिएको हो ।

२०७५ जेठदेखि सञ्चालित तालिममा १९ महिलासहित १ सय ३५ जनाले २ सय १९ दिन संगठनको परिचय, सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान, शारीरिक व्यायाम तथा चाँदमारी र कवाजमा प्रशिक्षण पाएका छन् ।

दीक्षान्तमा प्रदेश १ का प्रहरी नायब महानिरीक्षक केदार रिजालले उत्कृष्ट हुनेलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्दै नागरिकलाई केन्द्रमा राखी राष्ट्रको सर्वोपरी हितमा कार्य गर्न निर्देशन दिनुभयो । तालिममा पुरुषतर्फ राजेन्द्र ताजपुरिया र महिलातर्फ लक्ष्मीकुमारी थारु उत्कृष्ट हुनुभएको छ ।

यसैगरी चाँदमारीमा मोनराम राई शारीरिक व्यायाममा अजय राई, प्रहरीयुक्ति तथा कारबाहीमा आशिष लिम्बू र अध्ययनमा आदित्यमणि तिवारी प्रथम हुनुभएको छ।

janta samachar

प्रतिक्रिया दिनुहोस