आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लक्षित बर्गको लागि छुटाईएको रकमको ब्यापक दुरुपयोग

AuthorAP Khabar२०७५ फागुन १७, शुक्रबार (५ साल अघि) ३४३ पाठक संख्या

एपि खबर, फागुन, १७

निजगढ नगरपालिकाको लक्षित बर्गको लागि छुटाईएको रकमको ब्यापक दुरुपयोग भएको छ । निजगढ नगरपालिले दलित अल्पसख्ये लक्षित बर्गको लागि छुटा हरुलाई मोबाईल तथा कम्पिटर सिप मुलक तालिम भनेर रु ५ लाख छुटाईए पनि उक्त रकमको ब्यापक दुरुपयोग भएको हो ।
नगरपालिकाले बिना सुचना र छनोट प्रक्रिया नै नगरि केहि कार्यपालिकाका सदस्यहरुको मिलोमतोमा मल्टिभिजन ईन्टरनेशनल प्रा.लि नामक सस्थालाई कार्य आदेश दिए पनि कम्पियुटर तथा मोबाईल बनाउन पर्नेमा तर उसले कम्पियुटर मात्र चाउन सिकाउन थालेको छ । त्यसमा पनि दलित तथा अल्प सख्यहरु भन्दा गैर दलितको सङ्या बढि रहेको भनि दलित अगुवाहरुले बिरोध जनाएकाछन ।
तर यता स्थानिय अगुवाहरुको अनुसार कुनै वाडमा दलित प्रशिक्षार्थिहरुको अभाबले गर्दा समस्या आएको जनाएकाछन ।

यसरि लक्षित बर्गको रकममा अन्यलाई समेन्टन भएन नि भनेर प्रति प्रशन गर्दा सन्चालक अभिशेक न्यौपाने ले भने वडा अध्यक्षहरुलाई दोष देखाएका छन । उनले आफुले वडामा पत्र पठाएको प्रत्यक वडाबाट ३ दलित अल्पसख्यहरुलाई पठाईदिनु भनेर पत्र पठाएको तर वडा अध्यक्षहरुले त्यसो नगरेको बताएका छन ।
उनले आफुले नगरपालिकाले भने बमोजिम मात्र गरेको भनेर नगरपालिकालाई दोष देखाएकाछन भने नगरपालिका निमित्त प्रसाशकिय अधिक्रित भरत बाहादुर स्रेष्ठले भने नगरको लक्षित बर्गको रकम दुरुपयोग भएको पाईयमा सम्झौता समेत खारेज हुने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस