आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘बल्क कार्गो’सहितका पारवहन मुद्दामा भारतसँग वार्ता

AuthorAP Khabar२०७५ फागुन १८, शनिबार (५ साल अघि) ३६१ पाठक संख्या

नेपालले वीरगञ्जबाहेकका अन्य प्रमुख नाकाहरुसम्म पनि ‘बल्क कार्गो’ सुविधा प्राप्त गर्न थप पहल गर्ने भएको छ । अहिले बल्क कार्गो कोलकाता बन्दरगाहबाट वीरगञ्ज नाकासम्म मात्र ल्याउन पाउने व्यवस्था छ ।

अब भने त्यसलाई अन्य प्रमुख नाकाहरुमा पनि विस्तार गर्ने गरी भारतसँग नेपालले यही मार्च महिनाभित्र सहसचिवस्तरीय वार्ता गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य मन्त्रालयले भारतसँग बल्क कार्गो सुविधासहित विभिन्न पारवहन मुद्दामाथि वार्ता गर्न लागेको वाणिज्यसहसचिव  रविशंकर शैँजुले अनलाइनखबरलाई जानकारी दिए । तर, बल्क कागर्नेबाहेक पारवहनका अरु कुन-कुन विषय भारतसँग उठाउने भन्ने टुंगो केही दिनभित्रै लाग्ने उनको भनाइ छ ।

बल्क कार्गोमा मल, चिनी, भटमास, नून, पिना, प्लाष्टिकका दाना, सिमेन्ट, कोइला, क्लिंकर, तरकारी, फलफूल लगायतका ठूलो परिमाणमा ल्याइने वस्तुहरु मात्रै ल्याउन पाइन्छ । अहिलेसम्म रेल-वे सेवा सम्झौताअनुसार कोलकाताबाट वीरगन्ज नाकामा मात्र रेलमार्फत ढुवानी गर्न पाइने व्यवस्था छ ।

तेस्रो मुलुकको बल्क कार्गो सिधै रेलमार्गबाट वीरगञ्ज-रक्सौल) बाहेक विराटनगर  -जोगबनी), भैरहवा -नौतन्वा) र नेपालगञ्ज-रूपैडिया) सम्म पुर्‍याउने सुविधाका लागि नेपालले प्रस्ताव गरेको छ । अहिले बल्क कार्गोको सुविधा वीरगञ्जबाट मात्रै उपलब्ध छ । अन्य नाकाबाट पनि बल्क कार्गो सुविधा दिने विषयमा लामो समयदेखि नेपालले भारतलाई आग्रह गर्दै आएको छ ।

अब कोलकाताबाहेक विशाखापटनम बन्दरगाह हुँदै तेस्रो मुलुकबाट समेत आयात हुने यी सामानहरु पनि बल्क कार्गोमार्फत नेपाली नाकासम्म ल्याउन दिन नेपालको जोड छ ।

वीरगञ्जबाट मात्रै आयात गर्नुपर्ने बाध्यताले नेपाल आउने कच्चा पदार्थको लागत वर्षैपिच्छे बढ्दै गएको छ । कच्चा पदार्थ आयातको लागत बढ्दा नेपाली उत्पादनलाई प्रतिस्पर्धामा उत्रिन अप्ठेरो परिरहेको छ । व्यवसायीले पनि लामो समयदेखि बल्क कार्गोको सुविधा अन्य नाकाहरुमा पनि समेत विस्तार गर्नुपर्ने माग गरिरहेका छन् ।

सन् २०१२मा बसेको नेपाल-भारत अन्तर सरकारी समिति(आईजीसी) को बैठकमा विराटनगर र भैरहवा -नौतन्वा) नाकासम्म पनि बल्क कार्गो सुविधा विस्तार गर्ने सहमति भएको थियो । तर, एलओई नहुँदा नहुँदा कार्यान्वयनमा समस्या कायम छ ।

उद्योगी व्यवसायीहरूले सामुन्दि्रक बन्दरगाहबाट आउने कन्टेनर र बल्क कार्गो रेलबाट ल्याउने व्यवस्था मिलाउन मिलाउन आग्रह गर्दै आएका छन् । भारतसँग तेस्रो मुलुकबाट आउने सामान पनि रेलमार्गबाट सीमासम्म ल्याउन दिन नेपालले प्रस्ताव गरेको छ । सहमति जुटाएर समझदारीमा हस्ताक्षर गर्ने योजनामा मन्त्रालय छ ।

व्यवसायीले हाल तेस्रो मुलकुबाहेकबाट ल्याउने समान कन्टेनरबाटै ल्याउनुपर्ने बाध्यता छ । केही वस्तु बल्क कार्गोमा ल्याउन पाइन्छ । तर, अब भारतले तेस्रो मुलुकबाट आउने समानलाई पनि आफ्नो रेल्वे प्रयोग गर्ने सुविधा दिने गरी एलओई गर्ने योजना बनेको छ ।

यसअघि विभिन्न पटक प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाँदा यो समझदारी गर्ने योजना भएको थियो । तर, सम्भव भएको छैन ।

onlinekhabar

प्रतिक्रिया दिनुहोस