आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घरेलु तथा साना उद्योग कार्यालय बाराद्धारा जीतपुरमा अन्तरकृया

AuthorAP Khabar२०७५ फागुन १८, शनिबार (५ साल अघि) ५८२ पाठक संख्या

एपी खबर
जीतपुर, फागुन १८ : घरेलु तथा साना उद्योग कार्यालय बाराले जीतपुरमा बजार विस्तार तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । घरेलु तथा साना उद्योग अन्तरगत ब्यवसाय दर्ता गराउन स्थानिय ब्यापारीहरुलाई अभिप्रेरित गर्न सो अन्तकृयाको आयोजना गरीएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख सिताराम लिमिल्सिनाले ब्यापार ब्यवसायलाई थप अगाडी बढाउन यस कार्यालयको भुमिका रहने भएकोले ब्यावसायहरुलाई अनिर्वाय रुपमा घरेलु तथा साना उद्योग कार्यालय बारामा दर्ता गराउन आग्रह गर्नुभयो ।

उहाँले आफुहरुले दर्ता गराउन दबाब नदिएपनि राज्यको यस कार्यालयमा दर्ता हुन बाध्यकारी नियम बनाएको अनुसार सबैले समयमै आवद्धता लिन आग्रह गर्नुभयो ।

यसैगरी कार्यक्रममा बोल्दौ जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघका अध्यक्ष संजय साहले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गराउन धेरैनै झन्झटिलो प्रवाधान रहेको कुरा प्रति ध्यानाकर्षण गराउनुभएको थियो ।

उहाँले पछिलो समय एउटा ब्यापार संचालन गर्न स्थानिय सरकार, घरेलुका साथै प्यानमा समेत दर्ता गराउन पर्ने झन्झट रहेकोले त्यसलाई एकै स्थानबाट संचालन हुनेगरी लागुगर्न आग्रह समेत गर्नुभभयो ।

जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघका अध्यक्ष साहको सभाअध्यक्षतामा सम्पन्न कर्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख लिमिल्सिना, महासचिव शिवजी साह सोनार, उद्योग तर्फका उपाध्यक्ष मनोज गुप्ता, सदस्य शंकर खत्री, अमर यादब, रिना बजगाई लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस