आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बस दुर्घटना: २४ जना घाइते

AuthorAP Khabar२०७५ फागुन १९, आईतबार (५ साल अघि) ३१९ पाठक संख्या

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ महुली खोला पुलमा आइतबार बिहान बस दुर्घटना भएको छ ।

काठमाडौंबाट काँकडभिट्टातर्फ जादै गरेको ना ६ ख ३१८९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । बस सडकबाट ९ फिट तल खसेर बताइएको छ ।

दुर्घटनामा झापाका ३० वर्षीय लेखनाथ ओली, २२ वर्षीय शैलेश आचार्य, ३४ वर्षीय जिवन कुमार कोइराला, २८ वर्षीया निर्मला श्रेष्ठ, ६० वर्षीया लक्ष्मी श्रेष्ठ, ३० वर्षीया बबी विक, ३३ वर्षीय अशोक कुमार राजवंशी घाइते भएका छन् ।

यसैगरी, झापाकै ३० वर्षीया रेवति पौडेल, ५५ वर्षीया बसमती राजवंशी, सुनसरीका २२ वर्षीय जनत साहु, पाँचथरका २७ वर्षीय सुमन चेम्जुङ, २७ वर्षीय बसन्त चेम्जुङ र चालक सिन्धुलीका ३० वर्षीय टुप बहादुर आलेमगर घाइते भएका छन् ।
उनीहरुमध्ये केहीको अवस्था गम्भिर रहेकोले उपचारको लागि विराटनगर र धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस