आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

झापाको घैलाडुब्बा सबस्टेसन सञ्चालनमा

AuthorAP Khabar२०७५ फागुन १९, आईतबार (५ साल अघि) ३३१ पाठक संख्या

झापाको घैलाडुब्बामा निर्माण गरिएको ३३/११ केभी विद्युत् सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भएको सो सबस्टेसन शनिबारबाट सञ्चालनमा आएको हो । यसले सुरुंगा, घैलाडुब्बा, कुमारथोक, राजगढलगायतका स्थानमा विद्युत् आपूर्ति सहज बनाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

लाइन ट्रिप हुने र कम भोल्टेजले बत्ती, पंखा, मोटरलगायतका विद्युतीय उपकरण नचल्नेलगायत समस्या समाधान हुने उनको भनाइ छ । ‘अब त्यस क्षेत्रको भोल्टेज सुधार हुन्छ, प्रणालीको चुहावट घट्छ र विद्युत् आपूर्तिको विश्वनसीयता बढ्छ,’ घिसिङले भने ।

प्राधिकरणले अब अनारमनी सबस्टेसनबाट ३३ केभी वितरण लाइनमार्फत घैलाडुब्बा सबस्टेसनमा विद्युत् ल्याउनेछ । घैलाडुब्बा सबस्टेसनबाट ११ केभी एउटा वितरण लाइनमार्फत घैलाडुब्बातर्फ र ११ केभीको अर्को लाइनमार्फत सुरुंगातर्फका क्षेत्रमा विद्युत् आपूर्ति गरिने इन्जिनियर शैलेस सापकोटाले बताए । हालसम्म अनारमनीबाट ११ केभी वितरण लाइनमार्फत घैलाडुब्बा र सुरुंगातर्फका क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो ।

लोडसेडिङ अन्त्यपछि विद्युत् आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन प्राधिकरणले चालू आर्थिक वर्ष ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण तथा स्तरोन्नति गरिसक्ने लक्ष्य लिएको छ । चालू आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण गर्ने लक्ष्य छ । एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ । औद्योगिक क्षेत्र तथा करिडोरमा विद्युत् आपूर्ति नियमित गर्न उच्च क्षमताका प्रसारण लाइन बनाउने नीतिसमेत प्राधिकरणको छ ।

nayapatrika

प्रतिक्रिया दिनुहोस