एम १६ को गोली लागेर सैनिक जवानको निधन

घटना क्रम समाचार

 धनकुटाको बरख गणमा कार्यरत सैनिक जवान चेतराज जोशीको आफैले बोकेको हतियारको गोली लागेर मृत्यु भएको छ । उनले बोकेको एम १६ राइफलको गोलीबाट मृत्यु भएको छ ।

गोलीबाट गएराति गम्भीर घाइते भएका उनको उपचारका क्रममा निधन भएको हो । उपचारका लागि उनलाई जिल्ला अस्पताल, धनकुटा लगिएको थियो । गणको डियूटीमा रहेका जोशीले आफैंलाई किन गोली हाने भन्ने विषयमा छानबिन भइरहेको सेनाले बताएको छ ।

janta samachar

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *