आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजेन्द्र महतोका पीएले तलब पाएनन्, नक्कली हस्ताक्षर गरेर महतोले तलब निकालेको आरोप

AuthorAP Khabar२०७५ फागुन २०, सोमबार (५ साल अघि) ५५२ पाठक संख्या

राजपा नेता तथा सांसद राजेन्द्र महतोका पीए रविन्द्र चौधरीले आफुलाई तलब नदिएर नक्कली हस्ताक्षर गरी महतोले रकम झिकेको आरोप लगाउँदै राजीनामा दिएको घोषणा गरेका छन् । राजेन्द्र महतोले आफ्नो फर्जी हस्ताक्षर गरेर संसद सचिवालयबाट पीएको तलव बुझेको चौधरीले आरोप लगाएका हुन् ।

आइतबार फेसबुकमा स्टाटस लेख्दै उनले राजीनामाको सार्वजनिक घोषणा गर्दै यस्तो आरोप समेत लगाएका छन् । तर, सांसद महतोले भने चौधरीलाई तीनमहिना अगाडि स्वकीय सचिवबाट नै हटाइसकेको बताएका छन् । १५ वर्ष देखि निकै नजिकको सम्बन्धमा रहेका महतो र चौधरीबीच यस्तो आरोप प्रत्यारोपको अवस्था सिर्जना भएको छ ।

१५ वर्षदेखि महतोसँग निकट चौधरी ०७४ साल फागुनदेखि उनका पीए थिए । अघिल्लो सविधानसभामा महतोकी पत्नी शैलकुमारी महतोका पीए पनि उनै थिए ।गत पुसभन्दा अगाडिसम्म सांसदको तलवमा नै पीएको तलव गाभिएर आउँथ्यो । तर, आफूले तलववापत ३० हजार ५ सय बुझिलिएको भनेर पीएले गरेको हस्ताक्षर सांसदले सचिवालयमा बुझाउनुपर्थ्यो ।फागुनमा पीए नियुक्त भएका चौधरीले महतोले आफूलाई महिनाको १५ देखि १८ हजार मात्र दिने गरेको बताएका छन् । उनले संसद सचिवालयमा गएर बुझ्दा त्यहाँका कर्मचारीले असार सम्मको तलब लगिसकेको कागजात देखाएको बताए । तर त्यसमा आफ्नो हस्ताक्षर नक्कली रहेको चौधरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस