आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दार्चुलामा महाशिवरात्रि (स्थान, शिवपुजन र मेला)

AuthorAP Khabar२०७५ फागुन २०, सोमबार (५ साल अघि) ३९२ पाठक संख्या

महाशिवरात्रि २०७५ को अवसरमा दार्चुलाका विभिन्न स्थानमा मेला लागेको छ । जिल्लाको दोस्रो ठुलो व्यापारीक बजार शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वर, जिल्ला सदरमुकामस्थित महाकाली नगरपालिकाको केन्द्र खलंगा, मार्मा गाउँपालिकाको केन्द्र लटिनाथ, ब्यास र लेकम क्षेत्रमा समेत बिभिन्न स्थानमा मेला लागेको छ ।

गोकुलेश्वरमा बिहानैदेखी लेकम, मार्मा, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाका भक्तजनहरुले चौलाली नदीमा स्नान गरेर शिवालयमा पुजाआजा गरिरहेका छन् । चौलाली नदी किनारास्थित शिवालयमा स्थान तथा पुजा गर्ने भक्तजनहरुको भिड लागेको छ । महाकाली नगरपालिका, दुहु र ब्यास गाउँपालिकाका भक्तजनहरुले श्रिबगड तातोपानी, ब्यास गोतु तातोपानी र महाकाली नदीमा स्थान गरेर बिभिन्न ठाउँका शिव मन्दिरहरुमा पुजाआजा गरिरहेका छन् ।

महाकाली नगरपालीकाको अगुवाइमा दार्चुला जिल्ला सदरमुकाममै शिवरात्रीलाइ आकर्षक बनाउँन दुइ दिवसिय बृहत कार्यक्रमको आयोजना गरीएको नगरप्रबक्ता पुस्करराज जोशीले जानकारी दिनुभयो । शिबरात्रीको अवसरमा सोमबार बिहानैदेखी भक्तजनहरुकोलागी खलंगास्थित मालिकार्जुन मन्दीरमा शिब पुजन र कृतन भइरहेको छ । शिवरात्री मेलाको अवसरमा सोमबार र मंगलबार दुइ दिन खुलामंचमा झाकीहरु प्रस्तुति, सास्कृतिक कार्यक्रम, स्थानीयदेखी राष्ट्यि कलाकारहरुको प्रस्तुती, डेउँडा खेल लगायत गतिबिधि गरेर मेलालाइ आकर्षक बनाइने वडाअध्यक्ष जोशीले बताउँनुभयो ।

बिगत बर्षहरुमा नेपालतर्फ औपचारीक कार्यक्रम नहुदा शिबरात्री मेला मनाउँन नेपालीहरु भारततिर जानुपर्ने बाध्यता थियो । गतबर्षदेखी महाकाली नगरपालिकाले खलंगामै मेलाको आयोजना गर्ने गरेको छ । दार्चुलाको संस्कृतिको संरक्षण र ब्यापार ब्यवसायको सम्बद्र्धन गर्ने उदेश्यले दार्चुला सदरमुकाममा मेला लगाउन थालिएको महाकाली नगरप्रमुख हंशराज भट्टले बताउँनुभयो । महाकाली नगरपालिकामा गत माघ २६ गते र फागुन १९ गते बसेको नगरकार्यपालिका बैठकले शिबरात्री मेला भब्यताकासाथ मनाउँने निर्णय गरेको थियो । सोहि निर्णयको आधारमा मेलालाइ भब्य र सभ्य ढंगले मनाउँन २१ गतेका दिन समेत स्थानीय बिदा दिने निर्णय गरेको छ । नगरपालिका क्षेत्र भित्रका सम्पुर्ण वडाहरु, स्वास्थ्य चौकीहरु र बिद्यालयहरुमा स्थानीय बिदा दिने निर्णय गरीएको निमित्त प्रमुख प्रशासकिय अधिकृत यज्ञ राज लेखकले जानकारी दिनुभयो । लेकम क्षेत्रको शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका, मार्मा गाउँपालिका लगायत स्थानीय तहको अधिकासं बिद्यालयहरुमा समेत तीनदेखी पाचँ दिनसम्म स्थानीय बिदा दिने गरिएको छ ।

यसैबिच दार्चुलाको दोस्रो ठुलो बजार शैल्यशिखर नगरपालीकाको गोकुलेश्वरमा हरेक बर्षजस्तै महाशिबरात्रीको अबसरमा साताब्यापी मेला लागेको छ । ब्यापारकालालागि निकै प्रशिद्ध मानिने गोकुलेश्वर मेलामा दार्चुलाको बिभिन्न स्थानका साथै सुदुरपश्चिमका बिभिन्न जिल्लाहरु र भारतको उत्तराखण्डबाट ब्यापारकोलागी ब्यापारीहरु आएका छन् ।

एक हप्तासम्म लाग्ने मेलामा मेलामा खासगरी निङगालोबाट बन्ने बिभिन्न सामाग्रीहरु, उनी कपडा, मिठाइका परिकारहरुको खरीद बिक्री बढी हुने गरेको छ । मेलामा खरिद विक्रीकै लागि टाढाटाढाबाट व्यापारी एवं सर्वसाधारण आउने गर्छन् । मेलाको अवसरमा साङगेतीक महोत्सबको समेत आयोजना गर्ने गरीएको छ ।

JANTA SAMACHAR

प्रतिक्रिया दिनुहोस